सागर केरूङकाे निर्देशनमा गायक सुयोग चेम्जोङकाे ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फेदेन।  पाँचथर फेदेनका गायक सुयोग चेम्जोङकाे ‘मार्छौ भने मार’ बाेल गीतकाे छायांकन सम्पन्न भएकाे छ ।

पाँचथरकाे विभिन्न रमणाीय स्थलहरूमा छायांकन गरिएकाे उक्त गीतको विहिबार छायांकन सकिएको हाे । बुद्धराज लिम्बूको शब्द संगीत, सञ्जय आचार्यको छायांकन, अमृता जबेगुको शृङ्गार रहेको गीतलाइ पाँचथरका वहुप्रतिभाका धनी सफल निर्देशक सागर  केरुङ्ले निर्देशन गरेका हुन ।

पान्थरको विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा निङ्वा नेम्बाङ, अभिषेक नेम्बाङ, लेन्जो इङ्वा, छाँया केरुङ, सुसन केरुङ, सुस्मा केरुङ लगायतको अभिनय रहेको छ । उक्त भिडियो केहि दिनभित्र युटुबमार्फत सार्वजनिक गरिने निर्माता बुद्धराज लिम्बूले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...