प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

 लिम्बुवान खबर
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ ।

अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी र पञ्चायतकालिन शब्द लुम्बिनी राखिएको प्रति जनाउँदै जनयुद्धमा सबैभन्दा धेरै शहिद भएका मगर र थारुहरुको पहिचान समेट्ने मगरात–थरुहट राखिनु पर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । मगर र थारुहरुको अस्तित्व नै तहसनहस हुनेगरी चिराचिरा पारेर ल्याएको प्रदेशको नामाकरण एकात्मकवादी भएको टिप्पणी अध्यक्ष लिङ्देनले गरेका छन् ।

द्वन्द्वकालमा युद्धमा होमाउने प्रचण्ड र प्रधानमन्त्री ओली प्रति कटाक्ष गर्नुहुँदै लिङ्देनले २ नं. प्रदेश बाहेकका सबै प्रदेशमा नेकपाको दुईतिहाईको सरकार भएको हुँदा आफ्नो अनुकुलमा प्रदेशहरुको नामाकरण गरी र अस्तित्व विनाको प्रदेशको नामाकरण गरेर सिंगो आदिवासी जनजाति मधेसी दलितशिल्पी माथि अपमान गरेको अध्यक्ष लिङ्देनले आरोप लगाएका छन् ।

प्रदेशको नामाकरण गर्दा प्रदेश सभामा छलफल नै नगरी काठमाडौंमा ओली–प्रचण्डले नाम र राजधानी घोषणा गरी प्रदेश सदस्यहरुबाट पारित गराउने अलोकतान्त्रिक क्रियाकलापले मूलक द्वन्द्व तर्फ ढिलो चाढो धकिल्दै गएको प्रति अध्यक्ष लिङ्देनले चिन्ता व्यक्त गर्दै नेकपाको लोकतन्त्र विरोधी, निरंकुश तानाशाह बन्दै गएको हुँदा १७ सालको कालोदिन फर्काउन नेकपा लागेका हुँदा जनता सजक हुनु पर्ने लिङ्देन जनाएका छन् ।

विश्वबाटै लोप भैसकेको पहिचान विरोधी, निरंशुक तानाशाहहरुले नेपालका आदिवासी, दलितशिल्पी खस मधेशी समुदायलाई झुक्याएर सत्ता हडप्न सफल भएको हुँदा नेकपाको राक्षसी आँखाबाट निस्किएर परिवर्तनको लागि आम जनता आन्दोलनमा आउन विज्ञप्तिमा मार्फत अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...