नोकियाले चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै

 लिम्बुवान न्युज
                       

फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ ।

नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ ।
नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क प्रणाली स्थापना गर्नका लागि नासाले ३७ करोड अमेरिकी डलर खर्च गर्नेछ । त्यसमध्ये नोकियाले १ करोड ४१ लाख डलर पाएको छ ।

नोकियाले विकसित गरेको फोर जी नेटवर्क प्रणालीले चन्द्रमाको सतहमा अधिकतम दुरी समेट्ने तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने बताइएको छ ।

नासाका अनुसार चन्द्रमामा स्थापना हुने फोर जी नेटवर्क अन्तरीक्षमा विकसित हुने पहिलो फोर जी कम्युनिकेसन सिस्टम हुनेछ ।
नोकियाको अनुसन्धान विभागको रुपमा रहेको बिल ल्याब्सले आफ्नो ट्वीटर मार्फत यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ ।

चन्द्रमामा फोरजी नेटवर्क स्थापना भएसँगै त्यसले चन्द्रमामा पुग्ने अन्तरीक्षयान तथा अन्तरीक्षयात्रीहरुसँगको सञ्चारलाई प्रभावकारी बनाउनुका साथै चन्द्रमाबाट उच्चगुणस्तरीय भिडियोहरु समेत प्रशारण गर्न सकिनेछ ।

यद्यपि चन्द्रमामा फोर जी नेटवर्क लैजानका लागि नोकियाले गरेको यो पहिलो कोसिस भने होइन । जर्मनीको भोडाफोन कम्पनीसँग सन् २०१८ मा नोकियाले यस्तै खालको एक साझेदारी परियोजनाको घोषणा गरेको थियो । त्यतिबेला सन् २०१९ सम्ममा चन्द्रमामा फोर जी इन्टरनेट प्राप्त हुने दाबी नोकियाको थियो । तर भोडाफोन र नोकियाबीचको उक्त साझेदारी अगाडि बढ्न सकेन ।

एजेन्सी

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...