मिस झापा २०२१ को विर्तामोडमा बन्द प्रशिक्षण शुरु

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ असोज । झापाको विर्तामोडमा कात्तिक २१ गते हुन लागेको ‘मिस झापा २०२१’ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको हो । वीरता जेसिजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा मिस झापा २०२१ हुन लागेको हो । ।

बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, ग्रामीण पर्यटन, नेतृत्व व्यक्तित्व विकास जस्ता तालिमहरु प्रदान गरिने कार्यक्रम संयोजक जीवनकुमार खड्काले बताए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

अडिसनबाट छनोट भएका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका २१ जना किशोरीहरु तालिममा सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए । बन्द प्रशिक्षण सरगम संगीतालयको हलमा प्रशिक्षण हुनेछ । कार्यक्रम तालिकाअनुसार बिर्तामोडकै फास्ट ट्र्याकमा पनि तालिम सञ्चालन हुनेछ ।

तीन साता हुने प्रशिक्षणको सहजीकरण कोरियोग्राफर स्वेता कालाखतीले गर्ने छिन् भने तालिम अवधिमा विभिन्न विधागत अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराइनेछ ।

मिस झापाको उपाधि जित्ने प्रतियोगीले मिस नेपालमा सिधै भाग लिन सक्ने, टिभिएसको स्कुटर र विभिन्न छात्रबृद्धि र उपहारहरु प्राप्त गर्ने संयोजक खड्काले बताए ।

वीरता जेसिजका अध्यक्ष राजीव धिमालको अध्यक्षता र वीरता जेसिजका पूर्वअध्यक्ष नेपाल जेसिजका पूर्वउपाध्यक्ष विशाल थापाको प्रमुख आथित्यतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, चलचित्र निर्देशक दिनेशराज शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत संयोजक जीवनकुमार खड्का, धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत, संयुक्त सचिव टिकाराम खतिवडाले जेसिज आस्था वाचन र सञ्चालन महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;