दमकमा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन सुुरु, २५ गतेसम्म मञ्चन गरिने

 लिम्बुवान न्युज
                       

दमक, २३ असोज । मोफसलमा नाट्य क्षेत्रको बिकासमा टेवा पुरयाँउने उद्देश्यले यहाँस्थित कदम थिएटरले दमकमा नाटक मञ्चन शुरु गरेको छ ।
शुक्रबारदेखि थियटरको सेउपाखा नाटकघरमा आजदेखि ‘तिम्रो आँखामा खसेको साँझ ’नामक नाटक मञ्चन सुुरु गरेको हो ।

रोट्राक्ट क्लब अफ दमक र कदम थिएटरको संयुक्त प्रस्तुति रहेको नाटक असोजको २५ गतेसम्म मञ्चन गरिने थिएटरकी उपाध्यक्ष चोमु शेर्पाले वताईन् । उनका अनुसार नाटक प्रत्येक दिन दिउँसोको २ बजे र साँझ ५ बजे गरि दुई शो प्रदर्शन गरिने छ ।

नाटकमा हरेक व्यक्तिको लागि समाजले निर्माण गरेको परिधी र त्यस परिधी भित्र उ कति स्वतन्त्र हुन्छ ? त्यस परिधीलाई नाघ्न समाज भित्रका व्यक्तिहरुले के कस्तो प्रयास गर्न सक्छन् भन्ने विषयलाई नाटकमार्फत चित्रण गर्न खोजिएको नाटकका परिकल्पनाकार समेत रहेका निर्देशक सागर कामीले जानकारी दिईन् ।

नाटक प्रकाश शर्माले लेखेको र त्यसमा स्थानीय नाट्यकर्मीहरु सुशान्त लिम्बू , करिना बास्तोला , सिजन दाहाल , दिपक खरेल , सोना यादब , स्वेच्छा नेपाल , युवराज भण्डारी , मनिक शंखर र रमिता राईको सशक्त अभिनय रहेको छ । कदम थियटरले दमकमा एक दशक यता नाट्य गतिविधिहरु सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...