कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

 लिम्बुवान न्युज
                       

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च दमक नगर समिति र निस्कर्स न्युजले अभिनन्दन गरेको हो ।

शनिवार कमल ५ स्थित आँखीझ्याल रेस्टुरेन्टको सभाकक्षमा एक कार्यक्रम गरि भरतमणीलाई अभिनन्दन गरेका हुन । युवा मन्चका अध्यक्ष थरेन पौडेलको अध्यक्षता र सल्लाहकार संयोजक राम पौडेल र दमकका युवा ब्यवसायी तथा लायन लिडर ज्ञाननाथ पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनलाई बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा कमेडी च्याम्पियन पौडेलले सबैको साथ ,सहयोग र हौसलाका कारण आफुले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्नो प्रतिभालाई निरन्तर अगाडी बढाएर कलाकारितालाई ब्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए ।

भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले नगद २५ लाख र कार हात पारेपछि सामान्य परिवारमा पनि बिशिष्ट प्रतिभाको सम्भावना हुन सक्ने उदाहरणका रुपमा लिइएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...