विर्तामोडका विश्वासले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधी

 लिम्बुवान न्युज
                       

झापा, लिम्बुवानखबर । ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापा बिर्तामोडका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन् ।

पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा गरिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ । फाइनलमा पुगेका तीन प्रतिस्पर्धीमध्ये विश्वासले २५ हजार ७ सय ६६, रामेछापका प्रज्वल थापा मगरले २ हजार ८ सय ७४ र ललितपुरका आषुतोश वाराहीले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।

उपविजेता प्रज्वलले नगद ५ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय भ्लगरसँग काम गर्ने अवसर पाएका छन् भने तृतीय आषुतोषले आकर्षक पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ८६ जनाले भाग लिएका थिए । यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो ।

पार्टी नेपालकी डिजिटल चिफ शिवानी प्रधानका अनुसार नेपालभरका भ्लगरलाई एकत्रित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्लगरसँग सहकार्य गर्ने अवसर जुटाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । बिर्तामोड ५ का २० वर्षीय राईले प्रतियोगिताको फाइनलसम्म ल्याउनको लागि भोट गर्नुहुने सबैप्रति आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...