नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् ।
गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका छोरा निर्मल भट्टराईले खाद्यन्य सहयोग गरेका हुन् ।

अलैची व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले २५ केजी चामल, एककेजी दाल, एक केजी नुन, एक लिटर खानेतेल तथा उनीहरुललाई यातायात खर्च समेत प्रदान गरेका थिए ।

नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्व. देवीप्रसादकी श्रीमती माया भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा निर्मल भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने नेत्रहिन संघका झापा उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेत्रहिनका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, स्व. देवीप्रसादका दाजु सत्यनाथ भट्टराईलगायतले भट्टराई परिवारले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भोजराज तामाङले गरेका थिए । (पुर्वाञ्चल दैनिकबाट)

सम्बन्धित समाचार

एल.भी. लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग हो– लिङदेन

  मिक्लाजुङ् ,२१ मंसिर ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग भएको बताएका छन् । मोरङको मिक्लाजुङस्थित धोवेनीमा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डको तेस्रो विस्तारित बैठकलाई...

लिम्बुवान सामाजिक मञ्च बेल्जियम गठन, अध्यक्षमा देउमान सुब्बा

लिम्बुवानखबर, २१ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल प्रवास समिति बेल्जियम समिति गठन भएको छ । मंगलबार देउमान सुब्बाको अध्यक्षतामा १३ सदस्यीय संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बेल्जियम गठन...

संघीयता रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन – पूर्व प्रधानमन्त्री नेपाल

दमक, २० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् । गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले...

झापा गोल्डकप फागुनमा हुने

बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ । आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न...