
लिम्बुवानखबर, ६ कार्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पालामको निर्देशन हाङ चेम्जोङ्ले गरेका हुन् ।
पूर्वका चर्चित युवा निर्देशक तथा रचनाकार सागर केरुङको शब्द रहेको उक्त गीतलाई निरन्ता नेम्बाङ र सुमन लिम्बुको स्वर सुन्न सकिन्छ । सञ्जु थलङको शृङ्गार रहेको उक्त गीतलाई बिबि लिम्बुले खिचेका छन् भने ड्रोन पर्शु थलङको रहेको छ ।

काठमाडौको चुनिखेल रिसोर्ट आसपासमा छायांकन गरिएको भिडियोमा भिम तुम्बाहाम्फे, रुबिना लिम्बू, निङ्वासा लिम्बू, निरन्ता नेम्बाङ, सुमन लिम्बू, पुष्पा दिवानी तिगेला, पुर्ण सेलिङ, तिर्सना नेम्बाङ, पर्शु थलङ र यासेली योङ्हाङ्ले अभिनय गरेका छन् ।