
लिम्बुवानखबर, १२ कार्तिक । सागर केरूङकाे निर्देशनमा लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ ।
पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे, स्वर एकान्त आङ्देम्बे र सीता तुम्रोकको रहेको छ ।

गीतलाई निङ्वा नेम्बाङले नृत्य निर्देशन गरेकि छिन् भने अमृता जबेगुको शृङ्गार, सञ्जय आचार्यको छायांकन सम्पादन रहेको उक्त भिडियोमा जेपि नेम्बाङ, निशाम तुम्बापो, सीता तुम्रोक, निङ्वा नेम्बाङ, ज्योती सुहाङ, सम्झना योङ्हाङ, तारा लिङ्देन, बर्षा खवास, नोगेन हाङ्सरुमबा, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, प्रकाश रम्तेल र कविन गुरुङ्ले अभिनय गरेका छन् ।