किरात धार्मिक दुई संस्थाले फक्ताङलुङ हिमाल आरोहण रोक्न सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन दुई संस्थाले नेपाल सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।

पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि दुवै भागबाट वाह्रय तथा आन्तरिक पर्यटकहरुको आरोहणमा रोक लगाउन संस्कृति पर्यटन तथा नागरिक उड्ड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘फक्ताङलुङ हिमाल प्राचिन कालदेखि किरातीहरुको उत्पत्ति, विकास, सभ्यता, मुन्धुम, धर्म तथा संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको पवित्र मुन्धुमीस्थल तथा देवस्थल भएको र हरेक वर्ष यस हिमालको फेदीमा अवस्थित पारुङतेम्बे मारुङतेम्बेसम्म महिनौदिनको पैदल यात्रा गरी सेवा पूजा गर्दै आइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष जाहेर गर्दछौं ।’

किरात धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा प्रदुषण वा अपवित्र भएमा मुलुकमा ठूलाठूला दुर्घटना, महामारी, बाढी पहिरो, दुःख विमार जस्ता अनिष्ट हुने विश्वास र मान्यता रहेकोले फक्ताङलुङ आरोहणमा रोक लगाउन सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा पर्यटकहरुलाई आरोहण गर्ने अनुमतिमा रोक लगाई निषेध गरी दिन र सो हिमालको फेदीमा रहेको पारुङतेम्बे मारुङतेम्बे क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रवद्र्धनका लागि नेपाल सरकारबाट पहल गरिदिनु हुन ध्यानाकर्षण समेत गराइएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

फक्ताङलुङ (कुम्भकर्ण) हिमालमा किरात धर्मावलम्बी, शुभेच्छुक महानुभावहरुको सहयोगमा भक्तशाला निर्माण, खानेपानी तथा शौचालय निर्माण, किरात माङहिम निर्माण, हेलीप्याड निर्माण गर्नका साथै गुरु आश्रम निर्माण कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ । भने, ५५ किलोवाट क्षमताको विद्युत उत्पादनका लागि काम भइरहेको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

किरात धार्मिक संस्थाका प्रतिनिधि टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरको कार्यकक्षमा शुक्रबार सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेका टोलीमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष योगेश लाओती लगायत अगुवाहरुको सहभागिता रहेको थियो ।

ध्यानाकर्षणपत्रः

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...