क्यान्सर पीडित इन्द्रकुमारीलाई ८ लाख ३१ हजार रुपैयाँ हस्तान्तरण

 लिम्बुवान न्युज
                       

काठमाडौं । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ ।

बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको स‌ंयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन, इस्टमित्र, साथीभाइहरुबाट सामाजिक सञ्‍जालको माध्यमबाट संकलन गरिएको उक्त रकम स्वयम्‌ बिरामी इन्द्रकुमारी नेम्वाङ्गको निजी निवास काठमाडौंमा गई मंगलबार हस्तान्तरण गरिएको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं १ स्याथी घर भएकी इन्द्रकुमारी नेम्वाङ्गको श्रीमान् प्रेमराज आङदेम्बे आजभन्दा ७ वर्षअगाडि वैदेशिक रोजगारका लागि साउदी अरब गएको ६ महिना नबित्दै सुतेको सुत्यै भएर मृत्यु भयो । उनकी ११ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । घरासयी आर्थिक अवस्था पनि अति कमजोर भएको आफ्ना नाबालक सन्तान हुर्काउने क्रममा इन्द्रकुमारी विगत २ वर्षअघिदेखि ब्लड क्यान्सरबाट पीडित भई उपचाररकै क्रममा अहिलेको बोन्म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने र त्यसको लागि १५ लाख लाग्ने अस्पतालले जनाएपछी आर्थिक सहयोग संकलन अभियान चलाइएको हो ।

हस्तान्तरण कार्यक्रममा Dio Media का सञ्‍चारकर्मी दिपक राईले फेसबुकमार्फत् फेसबुक लाइभ प्रसार गरेर सार्वजनिक गरेका थिए कार्यक्रममा मातृका नेम्वाङ, नरेश वनेमको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मी राईले सम्पूर्ण सहयोगदाताहरुको नाम पढेर सुनाएका थिए भने अभियन्ता भूपेन्द्र वनेम, पुनम वनेम,सहयोगीद्वय मातृका नेम्वाङ र नरेश वनेमले सबै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङले पनि सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...