महासंघकाे ५४औं साधारणसभाकाे आ उद्घाटन, १३ गते नयाँ समितिकाे निर्वाचन हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालकै सबैभन्दा प्रतिष्ठित संस्था उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ ।

साधारणसभाको उदघाटन भर्चुअल माध्यमबाट विहान साढे ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । काेभिडको जोखिमका कारण उदघाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट नै गरिने महासंघले जनाएको छ । बन्दसत्र भने १२ गते हुनेछ । १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने महासंघले जनाएकाे छ ।

महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा चुनाव हुनेछ ।

आगामी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा आ-आफ्नाे प्यानलनै बनाएर उत्रिएका छन् । त्यसैगरी महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

महासंघले काेभिडकाे कारण निर्वाचनका लागि तीन स्थान तय गरिएको जनाएकाे छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन कार्यक्रम हुने छ ।

उद्योग वाणिज्य समूहलाइ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट सदस्य समूहका सदस्यहरूलाइ कार्की व्याङ्केट बबरमहलमा र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा भने बस्तुगत संघ समूहको मतदान गरिने व्यवस्था मिलाइएको छ । त्यसैगरी कोराना संक्रमित मतदाताहरुका लागि भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको महासंघकाे निर्वाचन सचिवालयले जनाएकाे छ ।

गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन काेराेना संक्रमण तिब्र रूपले फैलिएका कारण स्थगित भएको थियो । त्यसपछि पनि लकडाउनका कारण पटक–पटक साधारणसभाको मिति तोकिए पनि  स्थगित हुँदै आएको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...