पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

 लिम्बुवान न्युज
                       


फेदाप, १६ कार्तिक । पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । कात्तिक १२ र १३ गते फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ति थरहरूलाई जोड्ने गर्छ ।

पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ, खापुङ, चेलिफुङ, तुम्बाहाम्फे, तेयुङ, निङ्लेकु÷खु, पंगेनहाङ, पंयाङ्गु, पंधाक, पाहिम, मुसाहाङ, लुङफुङ्वा, सम्बाहाम्फे, सिंगक, हुक्पा चोङबाङ, हुक्पा मादेम्बा, हाङश्रोङ थरहरू रहेका छन् भने यसै भेलामार्फत थाम्देन पनि पोक्लाबाङ यक मान्ने थरकै रूपमा पुष्टि भएको छ ।

पोक्लाबाङ माङ्गेना यक थाम्रुङ फेदापको उपसमिति वंशावली खोजअनुसन्धान समितिको आयोजनामा छलफल भएको हो । सबै थरका वंशावली, संकलक तथा सम्पादकहरूको उपस्थितिमा घनिभूत छलफल भई सबैको वंशावलीमा सेङसेङगुम फेदापहाङलाई मूल पूर्खाको रूपमा जोड्ने सहमति भएको छ ।

सेङ्सेङगुम फेदापहाङको नाती नामहाङदिङका दुईछोराहरू सिदिइङ र साङलाइङ रहेकोमा सिदिइङका सन्तानका रूपमा मुसाहाङ, तुम्बाहाम्फे, खापुङ, पंगेनहाङ, हुक्पा चोङबाङ, हाङस्रोङ, पाहिम, हुक्पा मादेम्बा, लुङफुङ्वा, कुरुम्बाङ, सम्बाहाम्फे, थाम्देन, पयाङ्गु, सिंगक, निङ्लेकु÷खु, थर बनेका देखिन्छन् । त्यसैगरी साङ्लाइङबाट आङ्बुङ, पंधाक, तेयुङ र चेलिफुङ थरहरू बनेका छन् ।

उपसमितिका संयोजक हर्कजङ कुरुम्बाङ, सदस्यहरू प्रवेग हाङ्स्रोङ र डिल्लिस्वर मुसाहाङले तयार पारेको छलफलपत्रलाई आधार मानी पुस्ता मिलानको कार्य सम्पन्न भएको हो । यद्यपि यो खोजअनुन्धान उपसमितिको अन्तिम निष्कर्ष नरहेको र उचित इतिहास प्राप्त भए फेरवदल हुनसक्ने पनि जनाएको छ ।

यस छलफल कार्यक्रममा सेङ्सेङगुम फेदापहाङसम्मको पूर्खालाई जोड्ने काम भएको र त्यसभन्दा माथिको पूर्खाको इतिहासलाई कसरी जोड्ने भन्ने सम्बन्धमा अध्येयता डीबी आङ्बुङले मानव सभ्यताको शुरुवातदेखि फेदापसम्मको आगमनको इतिहासबारे प्रष्ट पारेका थिए ।

यसअघि धरान, धनकुटाको नुन्थला, काठमाडौंमा पनि वंश इतिहासबारे छलफल भएको थियो ।

भेलामा मुन्धुम तथा संस्कृति खोज उपसमितिका संयोजक राज्यप्रसाद लुङ्फङ्वा र प्रकाशन उपसमितिका संयोजक देवेन्द्र खापुङले पनि आफ्ना योजनाहरूबारे जानकारी गराएका थिए ।

थाम्रुङ, माङ्गेना लुङधुङ र संग्राहलाय निर्माणधिन भवनको अवलोकन

छलफल भेलामा सहभागीहरूले पूर्खाहरू झरेको थाम्रुङ (थामा–खस्नु, लुङ– ढुंगा), माङगेना लुङधुङ (छुट्टिएको चिनो ढुंगा) र संस्थाको निर्माणधिन भवनको अवलोकन गरेका थिए ।

निर्माणधिन भवन सहरी विकास मन्त्रालयबाट बजेट आई निर्माणकार्य भइरहेको माङगेना यकका अध्यक्ष बिष्णु कुमार लिम्बु (सेसेहाङ) हुक्पाचोङबाङले जानकारी गराएका छन् । चाेडबाङ यस लिम्बुवान खबरडटकमका सम्पादक समेत हुन् ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...