सरकारका प्रतिनिधि मलखरिद सम्झौता गर्न बङ्गलादेश प्रस्थान

,   लिम्बुवान न्युज
                       

काठमाण्डौ। सरकारले विभिन्न फर्महरुसँग मल खरिद गर्न अनुरोध गरिएता पनि जनताले सर्वसुलभ रुपमा मल खरिद गर्न नपाएपछि बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाने भएको छ ।

करिब ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाल सरकारको टोली गएको हो । नेपाल र बंगलादेश सरकार बीच (जीटुजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली गएकोको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

उक्त टोलीमा कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहनुभएको छ । बंगलादेशसँग मल ल्याउने सम्झौता भएपछि मात्रै खरिदको अन्तिम मूल्यबारे थाहा हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता पोखरेलले बताएका छन् ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अब उपरान्त मल ल्याउनलाई विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने लिमिटेडका प्रवक्ता बताउनुहुन्छ । कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि यस अघि नै कम्पनी छनोट गरिसकेको जनाएको छ । ढुवानीका लागि कम्पनीले गएको असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ भएको हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो ।

यद्यपी बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;