२५ वटा गाडी बोकेर राजधानी भित्र्याउने घलानको निधन

 लिम्बुवान न्युज
                       

काठमाडौं । त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पु¥याउने मध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।

जीवनभर २५ गाडी बोकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रैबोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए। एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...