लिम्बु कथामा आधारित चलचित्र ‘सुनौली रुपौली’ बन्ने

 लिम्बुवान न्युज
                       

 

लिम्बुवानखबर संवाददाता । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।

याक्थुङ फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ् चेम्जोङ्ले चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका बताइएको छ ।

लिम्बु जातीमा छोरीचेलीको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतीले लिइने रीत ‘सुनौली रुपौली’को बिषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ । चलचित्रमा भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङ लगायत कलाकारहरुको अभिनय रहने बताइएको छ भने केही कलाकारहरु प्रतिस्पर्धा मार्फत छनौट गर्ने निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...