भोेलेन्टियर्सद्वारा कमाण्डरहरुलाई नियुक्तपत्र प्रदान

 लिम्बुवान न्युज
                       

कमल, केर्खाबजार । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले नवनिर्वाचित कमाण्डरहरुलाई नियुक्तिपत्र प्रदान गरेको छ । झापाको कमलस्थित केर्खा स्कुलमा शनिबार आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष तथा भोलेन्टियर्सका हाइकमाण्डर कुमार लिङदेन मिराकले कमाण्डरहरुलाई नियुक्त प्रत्र प्रदान गरेका छन् ।

एलभी केन्द्रीय कमाण्डर थाङसाङ लावतीको अध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, आइदेव राई, विष्णुमाया थापा त्यसैगरी प्रान्तीय महासचिवहरु दिलकुमार लावती र भानु भट्टराई, १ नं. प्रदेश समन्वय समितिका सचिवहरु भविराज तुम्सा र नन्दुभाई मेन्याङ्बो, प्रान्तीय सचिवहरु धनबहादुर पन्धाक, सन्तोष तुम्बापो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता काजीमान ओख्राबोले संचालन गरेका थिए भने स्वागत मन्तव्य एल.भी. सहकमाण्डर गणेश मिभकले गरेका थिए ।

एलभी हाइकमाण्डरले ५६ जना एल.भी. कमाण्डरहरुलाई नियुक्तपत्रका साथै प्रमाणपत्र समेत वितरण गरिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवानको ढुकढुकी भएको हुँदा विगतको आन्दोलनबाट नै छुट्टै पहिचान बनाएको हुँदा लिम्बुवानको सबैखाले आन्दोलनमा एलभीको भूमिका महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा झापा जिल्लाका अधिकांश केन्द्रीय नताहरुको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष लगायत मञ्चका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...