दमककी लिम्बु केन्द्रीय सदस्यमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ६ पुस । संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

सोमबार राती सकिएको सो कोटा तर्फको मतगणनाको अन्तिम परिणाममा उनले आफना निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले केन्द्रीय सदस्यमा निर्वाचित भईन् । लिम्बूले कूल २२७४ मत प्राप्त गरिन् भने उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेकी थिइन् ।

दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा सक्रिय उनी प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राई र कृष्णकुमारीकी छोरी हुन । पार्टीसंगै सामाजिक कार्यमा सक्रिय उनी पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत भएर दुई पटकसम्म समानुपातिक कोटाबाट संघीय संसद सदस्य भएर आफनो जिम्मेवारी सम्हालि आएकी छिन् ।

विगतमा झापा कमलस्थित आदिवासी रंगशाला नाम हटाउने भनी दमक चोकमा बोलेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोल्दै गर्दा माइकसमेत खोसेर चर्चामा आएकी लिम्बु निड्र स्वभाविकी नेत्री हुन् । महिलाहरुमाझ पूर्वमा निक्कै नै लोकप्रिय रहेकी लिम्बुले आफूलाई एक अब्बल नेतृको रुपमा चर्चा पाएकी छिन् ।

झापाबाट दुई नेत्री पनि निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा झापाली दुईजना महिला नेतृ पनि निर्वाचित भएकी छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला महिला तर्फबाट पार्टीको केन्द्रीय सदस्यमा नेतृ सरिता प्रसाइँ र सुशीला ढकाल निर्वाचित भएकी हुन् । नेतृ प्रसाइँ राष्ट्रिय सभा सदस्य तथा निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । उनी यसअघि कृषि राज्यमन्त्री समेत भएकी थिइन् । नेतृ प्रसाइँले २०९६ मत ल्याएर छैठौं स्थानमा जित हासिल गरेकी हुन । केन्द्रीय सदस्यमा निर्वाचित नेतृ ढकालले १८०४ मत प्राप्त गर्न सफल भएकी छिन् । ढकाल नेपाल महिला संघ झापाकी सभापति समेत हुन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...