‘द भोईस अफ किड्स’ मा प्रतिस्पर्धी माङसेबुङका नुमा राईलाई जिताउन समिति गठन

 लिम्बुवान न्युज
                       

माङसेबुङ, इलाम । द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनिधिको सल्लाकार समिती सहित धनजित रुङमाहाङ राईको अध्यक्षतामा ३५ सदस्य “नुमा राई जिताउऔँ अभियान समिती” गठन गरिएको हो । यस्तै सल्लाकार समितीमा माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गो, उपाध्याक्ष सुनिता सुब्बा सहितको १७ सदस्य समिती बनाईएको गठित समितीका सचिव सुसन रुङ्माहाङ राईले बताउनुभयो ।

“नुमा राई जिताउऔँ अभियान समिती”मा विभिन्न देशहरुमा रहेका नेपालीहरुको समेत सहभागीता रहेको बताईएको छ । समितीको सहसंयोजकमा दिवस राई, सचिवमा सुसन राई, सहसचिवमा अतित योङ्हाङ, कोषाध्यक्ष सुजता राई, सदस्यहरुमा हेमन्त माकृहाङ राई, निशेष राई, बम बहादुर राई, तुफान राई, रमेश राई, विनोद नेम्बाङ, कमल बहादुर कार्की, सुदिप राई, जगत कोयु, सुशिल राई, देशराज नेम्बाङ रहनुभएको छ ।

यस्तै अभियानको सदस्यमा कोरियाबाट तगेन्द्र राई र दिपराज कोयु राई, जापानबाट निशान कोयु, सेमिहाङ्मा एवाई र सकुन्तला राई, अमेरीकाबाट खड्ग खालिङ, सेफिया कोयु, बेलायतबाट रामकुमार चाम्लिङ, रेखा पुलामी र रामचन्द्र राई, साउदी अरबबाट रामकुमार राई (राना कान्छा), मलेसियाबाट आईनद्र प्रकाश योङ्हाङ, दुबैबाट महेनद्र बार्ताम, कतारबाट प्रमोद कोयु, हङ्कङ्बाट पवित्र कोयु र वशन्त राई, जर्मनीबाट प्रमोद एवाई, पोर्चुगलबाट सुजत चामिलङ, अष्ट्रेलियाबाट निलिमा कोयु राई रहनुभएको छ ।

समितीको सल्लाकारहरुमा डिकेनद्र ईधिङ्गो, सुनिता सुब्बा, मैत राज राई, प्रदिप साम्पाङ, अमृतबहादुर राई, पुष्पराज कार्की, भक्तराज लिम्बु, नरेन्द्र कुमार राई, जनम खम्बु, मदनकुमार राई, यलम्बर साम्बा, केन्द्र बहादुर प्रसाई, महेश धिमिरे, गिरेन्द्र चम्लागाई, गजेन्द्र देवान, ईन्द्रमान चाम्लिङ, राम योङहाङ र धिरेन लावती रहनुभएको बताईएको छ ।

समिति गठनसँगै समितिले आर्थिक सहयोग समेत संकलन अभियान सञ्चालन गर्ने भएको छ । राईलाई भोट गर्नका लागि आर्थिक संकलनका लागि प्रभु बैंक दमक शाखामा समितिका संयोजक धनजीत राई र कोषाध्यक्ष सुजाता राई नाममा (सुजाता राई खाता नं. ०११०१९५८८९५०००१२ प्रभु बैंक)मा समेत रकम जम्मा गरी नुमा राईलाई सहयोगि गर्न सकिने समितिका संयोजक धनजीत राईले बताउनुभयो ।

नुमा राईलाई भोट गर्नका लागि खल्ति एपको हामे स्क्रीनमा रहेको भोटिङ आइकनमा क्लिक गरी भोज नाउ मा ट्याप गर्नुहोस र टिम मिलन भित्र गई नुमा राईको फोटोमा क्लिक गरी धेरै भन्दा धेरै भोट गर्नसक्नुहुनेछ । यसरी नै देश बाहिरबाट भोट गर्नको लागि खल्ति डटकम मा गई भोट गर्न सकिनेछ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...