‘द भोईस अफ किड्स’ मा प्रतिस्पर्धी माङसेबुङका नुमा राईलाई जिताउन समिति गठन

,   लिम्बुवान न्युज
                       

माङसेबुङ, इलाम । द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनिधिको सल्लाकार समिती सहित धनजित रुङमाहाङ राईको अध्यक्षतामा ३५ सदस्य “नुमा राई जिताउऔँ अभियान समिती” गठन गरिएको हो । यस्तै सल्लाकार समितीमा माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गो, उपाध्याक्ष सुनिता सुब्बा सहितको १७ सदस्य समिती बनाईएको गठित समितीका सचिव सुसन रुङ्माहाङ राईले बताउनुभयो ।

“नुमा राई जिताउऔँ अभियान समिती”मा विभिन्न देशहरुमा रहेका नेपालीहरुको समेत सहभागीता रहेको बताईएको छ । समितीको सहसंयोजकमा दिवस राई, सचिवमा सुसन राई, सहसचिवमा अतित योङ्हाङ, कोषाध्यक्ष सुजता राई, सदस्यहरुमा हेमन्त माकृहाङ राई, निशेष राई, बम बहादुर राई, तुफान राई, रमेश राई, विनोद नेम्बाङ, कमल बहादुर कार्की, सुदिप राई, जगत कोयु, सुशिल राई, देशराज नेम्बाङ रहनुभएको छ ।

यस्तै अभियानको सदस्यमा कोरियाबाट तगेन्द्र राई र दिपराज कोयु राई, जापानबाट निशान कोयु, सेमिहाङ्मा एवाई र सकुन्तला राई, अमेरीकाबाट खड्ग खालिङ, सेफिया कोयु, बेलायतबाट रामकुमार चाम्लिङ, रेखा पुलामी र रामचन्द्र राई, साउदी अरबबाट रामकुमार राई (राना कान्छा), मलेसियाबाट आईनद्र प्रकाश योङ्हाङ, दुबैबाट महेनद्र बार्ताम, कतारबाट प्रमोद कोयु, हङ्कङ्बाट पवित्र कोयु र वशन्त राई, जर्मनीबाट प्रमोद एवाई, पोर्चुगलबाट सुजत चामिलङ, अष्ट्रेलियाबाट निलिमा कोयु राई रहनुभएको छ ।

समितीको सल्लाकारहरुमा डिकेनद्र ईधिङ्गो, सुनिता सुब्बा, मैत राज राई, प्रदिप साम्पाङ, अमृतबहादुर राई, पुष्पराज कार्की, भक्तराज लिम्बु, नरेन्द्र कुमार राई, जनम खम्बु, मदनकुमार राई, यलम्बर साम्बा, केन्द्र बहादुर प्रसाई, महेश धिमिरे, गिरेन्द्र चम्लागाई, गजेन्द्र देवान, ईन्द्रमान चाम्लिङ, राम योङहाङ र धिरेन लावती रहनुभएको बताईएको छ ।

समिति गठनसँगै समितिले आर्थिक सहयोग समेत संकलन अभियान सञ्चालन गर्ने भएको छ । राईलाई भोट गर्नका लागि आर्थिक संकलनका लागि प्रभु बैंक दमक शाखामा समितिका संयोजक धनजीत राई र कोषाध्यक्ष सुजाता राई नाममा (सुजाता राई खाता नं. ०११०१९५८८९५०००१२ प्रभु बैंक)मा समेत रकम जम्मा गरी नुमा राईलाई सहयोगि गर्न सकिने समितिका संयोजक धनजीत राईले बताउनुभयो ।

नुमा राईलाई भोट गर्नका लागि खल्ति एपको हामे स्क्रीनमा रहेको भोटिङ आइकनमा क्लिक गरी भोज नाउ मा ट्याप गर्नुहोस र टिम मिलन भित्र गई नुमा राईको फोटोमा क्लिक गरी धेरै भन्दा धेरै भोट गर्नसक्नुहुनेछ । यसरी नै देश बाहिरबाट भोट गर्नको लागि खल्ति डटकम मा गई भोट गर्न सकिनेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;