
धरान, १३ पुष । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा संघीय विद्यार्थी युनियनको नयाँ समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगरको समन्वयमा समिति गठन भएको हो ।
मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा अश्विन भुजेलको अध्यक्षतमा २९ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा, उपाध्यक्षहरुमा प्रमिला राई र कमन राई, सचिवमा झर्ना राई, सह–सचिवमा सगुन राई, कोषध्यक्षमा सृजना लिम्बू चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिस महत, बविना राई, गृष्मा राई, धिरेन प्रधान, सविन त्रिखत्रि, कौशिला इवाहाङ, कृष्टी योङहाङ, सुजता सम्वाहाम्फे, दिनेश सुवेदी, मन्ता सेलिङ, सृजना लिम्बू, आयुशा याक्खा, अनिशा गुरूङ, विनु कुरूङवाङ लिम्बू, विमला लिम्बू, मनिसा लावती, प्रतिकला लावुङ, जुलि लिम्बू, दिवस थेगिम लिम्बू, विनिशा इजम, रचना लिम्बू, रेवत लिम्बू र लक्ष्मी राई चयन भएका छन् ।
त्यसरी नै सल्लाहकार सदस्यहरुमा विकास राउत र मिराक लिङदेनलाई चयन गरिएको विद्यार्थी नेता सजन याक्खाले बताएका छन् ।
क्याम्पस इकाईका अध्यक्ष मिराक लिङदेनको सभाध्यक्ष तथा एवम् संघीय विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष राजेश इवाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य डिल्ली लुम्फुङ्वा, लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजम, धरान नगर अध्यक्ष सञ्जुहाङ सावा, धरान नगर उपाध्यक्ष मोहन तिगेला, अर्जुन खड्का, दिपक आवती, राम कुमारी लिम्बू, धरान नगर कोषाध्यक्ष ललित पालुङ्वा सहितको नेताहरूको उपस्थित रहेको थियो ।
यस कार्यक्रमको सञ्चालन भने संघीय सचिवालय सदस्य तथा संघीय विध्यार्थीको केन्द्रीय सल्लाहकार सजन याक्खाले गरेका थिए ।