तिलक मादेनको अध्यक्षतामा कियाचु सभापोखरी गठन

 लिम्बुवान न्युज
                       

बाह्रबिसे, मङ्सिर २८ । किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन बाह्रबिसे स्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरिको सभाहलमा सम्पन्न भएको छ ।
कियाचु लिम्बुवान प्रदेश समिती सदस्य दिलकुमार लावतिको प्रमुख आतिथ्यतामा तिलक मादेनको अध्यक्षतामा नया समिती गठन भएको हो ।
समितिको उपाध्यक्षहरुमा मनिष हाङ्गाम, आइतराज मादेन, सचिवमा प्रेमकुमार सिङ्था, सहसचिवमा जय कुमार वनेम र कोषाध्यक्षमा चित्रकला सावा निर्वाचित भएका छन ।
यस्तैगरी सदस्यहरुमा प्रनिल वनेम, रविन मादेन, बल बहादुर मादेन, जेनिस वनेम, जनम फावेन, रन्जिता लिम्बू, मधु मादेन र बुद्ध वनेम निर्वाचित भएका छन ।
त्यस्तै सल्लाहकार संयोजकमा पुर्व गाउँपालिका अध्यक्ष रत्न सुब्बा त्यसैगरी सदस्यहरुमा भिम बहादुर लिम्बू, दिपक थलङ, जितेन्द्र वनेम, जुद्दविर वनेम, धन बहादुर लिम्बू र दिल बहादुर लिम्बू रहेका छन ।
कार्यक्रममा कियाचु रापस अनिल लिम्बू, जिल्ला अध्यक्ष मदन मादेन, पुर्व पालिका अध्यक्ष रत्न सुब्बा, दिपक लिम्बू, आदिवासी जनजाती महा संघका पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र समाजसेवी दिल बहादुर लिम्बुले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी सभापोखरी ५ का वडाध्यक्ष मनिष हाङ्गामको समेत उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य वडा न ६ का वडाध्यक्ष जितेन्द्र वनेमले राखेका थिए भने कार्यक्रम संचालन जनजाति समन्वय परिषदका सचिव संगम मादेनले गरेका थिए ।

कार्यक्रमको सभाध्यक्ष उपाध्यक्ष बाबुराम फावेन फागोको रहेको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...