
ललितपुर, १० पौष । लैन–राधिका साहित्य पुरस्कार कोष घोषणा भएको छ । मंगलबार किरात याक्थुङ याक्थुङ चुम्लुङको संघीय कार्यालय ललितपुर तिखेदेवस्थित चुम्लुङहिममा उक्त पुरस्कार घोषणा गरिएको हो ।
लैनबहादुर चेम्जोङ र राधिका हुक्पा चोङबाङ नाम्फुङज्यूले याक्थुङ साहित्यमा प्रत्येक बर्ष लैन–राधिका साहित्य पुरस्कार प्रदान गर्नेगरी १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
मंगलबार चूम्लुङहिममा एक कार्यक्रमको आयोजना गरि सो बराबरको रकम संघीय अध्यक्ष प्रेम ऐक्तेनलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कोष स्थापनाले याक्थुङ विधामा साहित्य सिर्जना गर्ने सर्जकहरुलाई थप हौसला मिल्ने चुम्लुङका संघीय कोषाध्यक्ष प्राज्ञ अमर तुम्याहाङले बताउनु भएको छ । हरेक बर्ष ५० हजार पाँच रूपैयाँकाे पुरस्कार राशी पुरस्कार विजेतालाइ दिने काेषाध्यक्ष तुम्याहाङले बताउनु भयाे ।
अक्षयकोष स्थापना गर्नुहुने द्वयलाई चुम्लुङहिममा विभिन्न व्यक्तित्वहरुले धन्यवाद ज्ञापन गरेका थिए ।
