धरानमा तिनदिने याक्थुङ ज्ञान महोत्सव शुरु

 लिम्बुवान न्युज
                       


धरान, १३ पौष । लिम्बुवानको सुन्दर नगरी सुनसरीको विजयपुर धरानस्थित लाङघाली सामुदायिक बनको सभाहलमा याक्थुङ ज्ञान महोत्सव शुरु भएको छ । याक्थुङ युवा मञ्चको आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लेखक, अन्वेषक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले पानसमा दियो बालेर गरेका छन् । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका याक्थुङ युवाहरु, भारतको सिक्किम लगायत विभिन्न क्षेत्रका युवाहरुको कार्यक्रममा सहभागिता रहेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संग्रौलाले लिम्बुवान जाती बसेको माटो मात्र होइन, भूगोल पनि हो भनेका छन् । उनले पहिचानको मुद्दा लिम्बुको मात्र होइन राई, तामाङ, मुश्लिम, दलित, महिला सबैको हो । थातथलो, पुर्खाको कुरा याक्थुङ सम्भयताको कुरा, लिम्बुवान सभ्यताको कुरा, मुन्धुम सभ्यताको कुरा सबै लिम्बुवान पहिचान भएको लेखक संग्रौलाले बताउनु भयो । याक्थुङ पहिचान हो । भाषाको मुद्दा, सभ्यताको मुद्दा, अस्तित्वको मुद्दा भएको भन्दै प्रमुख अतिथि संग्रौलाले राज्यमा समान हक अधिकार प्राप्तिको लागि नै एक हुनु राम्रो हो उनले भने राज्यमा उत्पीडिनहरुलाई शोसकहरुले मुठीमा राख्ने गर्छन् त्यसको विरुद्ध नै पहिचानको आन्दोलन उठ्न आवश्यक रहेको उनले बताउन भयो ।


उनले टिकापुरमा अधिकार माग्दा मुद्दा उठाउँदा त्यहाँ उत्पीडितहरु माथि निर्मम यातना भएको महिलाहरुमाथि बलात्कार भएको त्यसको विरुद्ध पहिचान मोर्चा बन्नु पर्दछ भन्दै ज्ञान भनेको शक्ति हो त्यो शक्ति आर्जन गर्नु समानताको लडाई लड्नु नै सभ्यता बचाउनु भएको विश्लेषक संग्रौलाले बताउनु भयो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदिप नेयोङ, युवा नेता उदव लङ्वा, ताजुव लिम्बु, कियाचु संघीय सदस्य संगीता लिम्बु, कियाचु संघीय उपाध्यक्ष लगायत वक्ताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।
कार्यक्रमको पहिलो दिन सुखिमबाट आउनु भएका इङसा योङहाङले ट्रिबल पोल्टिस सिक्किम विथ स्पेशल रिफ्रेन्स टु लिम्बु विषयको कार्यपत्र पेश गर्नुभएको थियो भने यसको टिप्पनी कियाचू लिम्बुवान प्रान्तीय सचिव साङसेन पन्धाकले गरेका थिए ।
यस्तैगरी फुङ्सोक पोक्मा–साम्मा मुन्धुम नु चोक्थिम्हा शिर्षकको कार्यपत्रमा प्राध्यापक अबोध आङबुहाङले टिप्पणी गरेका थिए ।
यसैगरी सुखिममा विवेक लिम्बुद्वारा प्रस्तुत इन्डिजिनियस फेमिनिसम एण्ड कल्चर इपस्टिोमोलोजीस् इन द याक्थुङ लिम्बु ट्राइब कार्यपत्रको टिप्पणी डिगध्वज लावतीले गरेका थिए ।


यसरी नै याक्थुङ राष्ट्रगान निर्माणको आधार शिर्षकको कार्यपत्र सागर केरुङले प्रस्तुत गरेका छन् भने यसको टिप्पणी कर्णहाङ सुब्बाले गरेका थिए ।
यस्तै कल्पना लिङदेन, डिल्ली लिङदमले शिक्षामा मातृभाषाको बढ्दो प्रयोग र युवाहरुको भूमिका विषयमा प्यानल डिस्कस गरेका छन् । सो कार्यक्रमको सहजकर्ता संचार कर्मी जिवन लिम्बु रहेका थिए ।
पहिलो सत्रको उद्घाटन कार्यक्रमको सभाध्यक्ष युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले गरेका छन् । यसैगरी कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुनिल आङ्बो राखेका छन् भने कार्यक्रम संचालन महासचिव मनकुमार आङदेम्बेले संचालन गरेका छन् ।

कार्यक्रमको दोस्रो दिन सुखिमे याक्थुङ चलचित्रको अवस्था, मुन्धुम मन्थन, सुखिमे याक्थुङ पाःन थोबोनात्लाम, याक्थुङ पाङयुमेत्हा, जनआन्दोलन पश्चात लिम्बुवान आन्दोलन लगायतका दर्जनौं कार्यपत्रहरु प्रस्तुत हुने युवा मञ्चका महासचिव आङदेम्बेले लिम्बुवान खबरलाई बताएका छन् ।

कार्यक्रमको अन्तिम दिन प्रा.डा. महेन्द्र लावती लगायत लिम्बु याक्थुङ बुद्धिजिवीहरुबाट महत्वपूर्ण विषयमा प्यानल डिस्कस लगायतका कार्यक्रम हुने समेत उनले बताएका छन् ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...