मङ्गलबार, ११ कार्तिक, २०७७ बिहानको ०२:३६ बजे,
लिम्बुवान न्युज
दमक।झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ । १०९.४५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ । गाउँपालिकामा कूल जनसंख्या ४२ हजार ९ सय १२ रहेको पछिल्लो तथ्याङ्क पाइन्छ । यो पालिका भारतसँग जोडिएको छ ।
मुख्य भाषा राजवंशी, मुसलमान, ब्राम्हण, क्षेत्री, गनगाई यहाँका मुख्य जातीहरु हुन् भने आदिवासी जनजाति दलितहरुको पनि बसोबास रहेको यो गाउँपालिकाको मुख्य भाषा राजवंशी हो ।
यस गाउँपालिकाको वडा नं. २ मा करिब ४१ घर लोपोन्मुख जाती गन्दर्भहरुको बसोबास रहेको पाइन्छ । त्यहाँ जन्मिएका एउटा प्रतिभा हुन् सञ्जीव गन्दर्भ । उमेरले १६ काटेर १७ लाग्दै गरेका उनी सारांगी बजाउन र गीत गाउँनमा अब्बल देखिन्छ । हाल कक्षा ९ मा अध्ययनरत भाईको गलाले जो कसैलाई पनि मोहित पार्न सक्छ । भविष्यमा एक सफल गायक र संगीतकार बन्ने धोको उन्को रहेको छ ।
सञ्जीव गन्दर्भ
झापाको कचनकवलबाट बिहानीको बस चढेर कहिल्यै धनकुटा, कहिल्यै धरान, बिराटनगर, इटहरी हुँदै झापाको सबै स्थानहरुमा आफ्नो सारथी सारांगी बोकेर गीत गाउँदै हिड्नु पर्दा मनभित्रका पिढा र बोझ अलिकति पनि घटेको महसुस गर्ने सञ्जीवले भारतको खर्साङ्, दार्जिलिङ्, सिलीगुढी लगायतका ठाउँमा समेत आफ्नो गायकी प्रतिभा पस्केको बताउँछन् ।
उनका बुबा पनि आफै जस्तै सारंगी बोकेर आर्थिक जोहो गर्दै घरको हातमुख जोड्ने काम गरिरहेको बताउने गन्दर्भ भाईले आफू भने यसलाई पार्ट जबको रुपमा उपयोग गरेको बताउँछन् । स्कुल विदाको समय अथवा फुर्सद भयो कि सारांगी बोकेर निस्किहाल्छु भन्छन् । एकतिर पैसा पनि हुने अर्को तिर आफ्नो प्रतिभालाई निरन्तर निर्खान पनि पाईने उन्नको भनाई छ । हाल गन्दर्भहरुले पेशा परिवर्तन गरिरहेको समेत उनको तर्क छ । विशेषत अहिलेको नयाँ पुस्ताहरुले शिक्षासँगै वैदेशिक रोजगारीमा जान थालेपछि आफ्नो पूर्खौली पेशा छोड्दै लगेको बताउँछन् । हाल २० देखि २२ जना मात्रै यो पेशा अंगालेर यसरी हिडिरहेका छन् बाँकी सबै अन्य विभिन्न पेशामा आबद्ध भएको बताउँछन् । यसरी घुमेर सारांगी बजाएर सडकपेटीमा मागेर मात्र गुजारा चल्न गाह्रो भएपछि अन्य पेशा अपनाउन थालेको उनले बताए ।
आफू १० बर्षको हुँदा देखि सारांगी बजाउन सिकेका सञ्जीवले अहिले यसरी सारांगी बोकेर हिड्न थालेको ७ बर्ष जति भयो । उनको स्वरमा माधुर्यता छ भने भोलिको दिनमा अवसर पाउँदा गाउँन सक्ने क्षमता अब्बल देखिन्छ ।
उनको स्वरले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउन सक्छ । कलाकारितामा उदाउँदो नेपालकै होचो स्थानमा जन्मिएका भाईको उच्च कद मिलोस् सफलताको शुभकामना ।
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...
दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...
ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...
ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...