याक्थुङ् साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा याक्थुङ साहित्य प्रतिष्ठान (याक्थुङ साप्सक यम्बुगेन)को प्रथम साधारणसभा आज सम्पन्न भएको छ ।

दमक १ स्थित येहाङनगरको सिरिजङगा टोलमा किरात याक्थुङ चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिक साधारणसभाले कोषाध्यक्ष रचना लाओतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र संस्थाका अध्यक्ष सेसेमी सेनाल्बोले प्रस्तुत गरेका बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष सेसेमी से नाल्बोको सभाध्यक्षता त्यसैगरी उपाध्यक्ष गुमान सिं सङबाङफेले स्वागत मन्तव्य र महासचिव सेसेहाङ् फियाकको संचालनमा सम्पन्न भएकाे  डिल्ली मुसाहाङले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...