सरकारका प्रतिनिधि मलखरिद सम्झौता गर्न बङ्गलादेश प्रस्थान

,   लिम्बुवान न्युज
                       

काठमाण्डौ। सरकारले विभिन्न फर्महरुसँग मल खरिद गर्न अनुरोध गरिएता पनि जनताले सर्वसुलभ रुपमा मल खरिद गर्न नपाएपछि बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाने भएको छ ।

करिब ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाल सरकारको टोली गएको हो । नेपाल र बंगलादेश सरकार बीच (जीटुजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली गएकोको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

उक्त टोलीमा कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहनुभएको छ । बंगलादेशसँग मल ल्याउने सम्झौता भएपछि मात्रै खरिदको अन्तिम मूल्यबारे थाहा हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता पोखरेलले बताएका छन् ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अब उपरान्त मल ल्याउनलाई विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने लिमिटेडका प्रवक्ता बताउनुहुन्छ । कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि यस अघि नै कम्पनी छनोट गरिसकेको जनाएको छ । ढुवानीका लागि कम्पनीले गएको असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ भएको हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो ।

यद्यपी बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;