पत्रकार महासंघ इलामको सचिवमा राम योङहाङको दावी

 लिम्बुवान न्युज
                       

  1. माङसेबुङ । प्रेस नेपाल इलामले आगामी नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने जनाएको छ । प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा पत्रकार महासंघमा सहभागी हुने निर्णय गरेको हो ।

प्रेस नेपालले योङहाङलाई जिल्ला सचिव पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य पदमा भने आगामी बैठकले उम्मेद्वार चयन गर्ने प्रेस नेपाल इलामले जनाएको छ ।

इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक समेत रहेका योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् शिक्षा पत्रकार समूह प्रदेश १ का सदस्य समेत हुन् । उनी काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददताका रुपमा समेत कार्यरत छन् ।

प्रेस नेपाल इलामका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य संगठनसँग सहमति र सहकार्यका लागि ३ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङ, जिल्ला अध्यक्ष ज्ञानु केदेम र सहसचिव तारावीर लिम्बू रहेका छन् ।

त्यस्तै बैठकले मुलुकको संविधान एवम् नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रधानमन्त्री केपी ओलीको पुस ५ को असंवैधानिक कमदमको विपक्षमा उभिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस नेपाल दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रेस नेपालका उपाध्यक्ष कमन देवानले नेपाल पत्रकार महासंघको सबै तहमा प्रेस नेपालले सशक्त हस्तक्षेप बढाउने गरि उम्मेद्वारी दिने बताए ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...