सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् ।

गायक सिरियसको ९ मिनेट ३८ सकेन्ट लामो पूर्वेली लोक गीत कला घर सिन्धुलीको युट्युब च्यानलबाट हेर्न सकिन्छ । चपौली, सिन्धुलीको रमणीय स्थलमा छाँयाङकन गरिएको म्युजिक भिडियोमा कलाकार कमल श्रेष्ठ, सन्चिता थापा मगर, पदम भाइ, शिशिर, पबी रम्तेल र निरुता लामाले अभिनय गरेका छन् ।

सबै कलाकारहरु कला घरमा आबद्ध छन् । युनिश मेवाहाङको रचना रहेको उक्त गीतमा रुद्र श्रेष्ठले संगीत भरेका छन् भने यो भिडियोको निर्देशन पदम भाईले गरेका हुन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...