आजबाट प्रदेश १ को बर्खे अधिवेशन शुरु हुँदै

 लिम्बुवान न्युज
                       

  • लिम्बुवानखबर, २४ जेठ

प्रदेश नम्बर १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज सुरु हुँदैछ । कोरोना महामारी भन्दै अध्यादेश मार्फत बजेट ल्याउने तयारीमा रहेको प्रदेश १ सरकार विपक्षीहरुको तिव्र दबाबका कारण संसद् अधिवेशन आह्वान गर्न बाध्य बनेको हो ।

आज (सोमबार) दिउँसो दुई बजे बस्ने बैठकमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ । यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन विपक्षी दलहरुको अवरोधले बीचैमा टुंगिएको थियो । सातौं अधिवेशनको ८ वटा बैठकमा अन्तिम बैठकमा मात्र मुख्यमन्त्री शेरधन राई उपस्थित भएका थिए ।

प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक प्रि–बजेट छलफल छोटो अवधिमै सक्ने गरी सरकारले अध्यादेश ल्याएको छ ।

सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी सुरु गरेपछि प्रदेशका विपक्षी दलहरुले बिरोध गर्दै संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग विज्ञप्ति मार्फत सार्वजनिक रुपमा माग गरेका थिए ।

विपक्षी दलका प्रमुखहरुले प्रदेश प्रमुखलाई भेटेर पनि अधिवेशन बोलाउन आग्रह गरेका थिए । यस लगत्तै मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक राखेर बजेट संसद्बाटै ल्याउने बताएका थिए । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव, सत्तापक्षकै अगुवाइमा संसद् अवरोध र बहिष्कारकाबीच हिउँदे अधिवेशनमा कुनै पनि विधेयक पारित हुन सकेन ।

प्रदेश १ संसद्बाट हालसम्म पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित भएको छ । प्रदेशको राजधानी टुंगो लागेपनि नामाकरणमा भने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...