प्रभासको ‘राधे–श्याम’ फिल्ममा सुटिङ सेटमै १ सय ६ करोड खर्च

 लिम्बुवान न्युज
                       

काठमाडौं। बाहुबली अभिनेता प्रभासको फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् ।

फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो फिल्ममा निकै लामो समयपछि प्रभास ‘लभर ब्वाइ’को रुपमा देखिँदैछन् । जसकारण पनि उनका फ्यान निकै उत्साहित छन् ।

फिल्मको बजेटको कुरा गर्ने हो भने यो फिल्म प्रभासको करियरको सबैभन्दा महंगो फिल्ममध्येमा पर्दछ । प्रेम कथाको फिल्म भएकाले निर्माताले फिल्मको सेटका लागि नै सय करोड बढी खर्च गरेका छन् ।

फिल्ममा २६ वटा सेट बनाइनेछ । जसका लागि बजेट नै १ सय ६ करोड छुट्याइएको छ । फिल्म यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर निर्माण गर्दैछ ।

फिल्मको रिलिज अधिकार मेकर्स पेन–इण्डियाले लिएको छ । जसकारण पनि खर्च कति हुन्छ भन्ने हिसाब गरिएको छैन ।

निर्माताहरु प्रभासको लोकप्रियताको अगाडि सयदेखि १ सय ५० करोड बजेट कम हुने दाबी गर्छन् । ‘बाहुबली’ सिरिज पछि प्रभास भारतका सबैभन्दा ठूला स्टार बनेका छन् । जसकारण पनि निर्माताहरु उनीमाथि लगानी गर्न हिचकिचाउदैनन् । (खबरहबबाट)

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...