सरकारी कार्यालय खुल्ने, बजार ३ बजेसम्म खुल्ला

 लिम्बुवान न्युज
                       

दमक, १४ असार/ जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ । जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा आज (सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक साताका लागि भोली (१५ असार) देखि लागू हुने उल्लेख छ । हाल व्यापार व्यवसायका लागि दिउँसो १२ बजे सम्म मात्रै खुल्ला छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा जारी आदेशमा मंगलबार देखि बेलुका ३ बजे सम्म व्यापार व्यवसाय सञ्चालन हुनेछ भने सरकारी तथा सार्वजनिक संस्था, बीमा संस्था लगायतका कार्यालयहरुले आलोपालो प्रणालीबाट भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर कार्य सम्पादन गर्न पाउने जनाएकोछ ।

व्यापार व्यवसायको हकमा होटल तथा रेष्टुरेँन्टहरुले यस अघिकै टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउनेछन् भने अत्यावश्यक बाहेकका सवारी साधनहरु बाहेक निजी सवारी साधन, सिटी सफारी र अटो रिक्सा आवश्यक सुरक्षाका मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन् । बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन हुनेछन । यस्ता संस्था संचालन गर्दा न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न अनुरोध गरेकोे छ ।

सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । हवाई यात्रा गरेका/गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ् पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सि प्रयोग गर्न पाउने निर्णय गरेको छ । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...