थुम्कीमा रमाउँदै भोजकुमार लावती

,   लिम्बुवान न्युज
                       

दमक, २ कार्तिक । लामो समय नेपाल प्रहरीमा सेवा गरेका उनको नेपालमा २०५२ सालको जनयुद्धसँगै सपनाहरु तुहिएँ । पाँचथरको उकालीओरालीहरुमा दौडिदै मोरङको पथरीमा जिवन व्यतित गर्दागर्दा जनयुद्धले थिलथिल भएको मुलकमा डरसरीको जागीर चटकै छोडेर विदेश पलायन भएका एक पात्र हुन् – भोजकुमार लावती ।

पथरीलाई कर्मथलो बनाई बसेका लावतीले लामो समय प्रवासमा विताए । प्रवासिन अघि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुँदै गर्दा कतै नेपालमा राजनीति परिवर्तन हुन्छकी भनी पहिचान सहितको संघीयता प्राप्तिको आन्दोलनमा पनि होमिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति मलेसियामा समेत काम गरेका लिम्बुले मलेसिया प्रवासको बसाईलाई बिट मार्दै नेपालमा आएपछि थुम्कीमा रमाउन थालेका छन् ।

मोरङ् जिल्लाको केराबारी ५, थुम्कीमा हाल “लावती कृषि तथा पशु फर्म” संचालनमा ल्याएर जिवनलाई कृषि क्रान्तिमा मोडेका छन् । थुम्कीमा बाबुले जोडेका ३० रोपनी जग्गामा करिब १५ लाखको लागतमा बाख्रा फर्म संचालन गरेका छन् भने ८/९ लाखको विभिन्न बोट विरुवाहरु कागती, एबोगार्ड, लिच्ची, आँप, सुन्तला, अमला, रुद्राक्ष, रिट्टा, सिंखौली लगायत रहेका छन् ।

त्यसैगरी उनले आफ्नो कृषि फर्ममा विभिन्न जातजातिका साग सब्जी रोपेर मगग्ये आम्दानी समेत गरिरहेका छन् । बर्षमा ५/६ लाख रुपैंयाँ मनग्यै आम्दानी गरिहेका लावतीका अनुसार गरे नेपालमै सुन फलाउन सकिने रहेछ भन्छन् । प्रवासमा गएर पसिना बगाईयो तर आफ्नै गाउँघर, बनजंगलमा बगाएको पसिनाको बेग्लै महत्व, पहिचान र अस्तित्व हुनेरहेछ । अहिले यसै बाख्राहरुसँग बनजंगलमा रमाउँदै मज्जा भईरहेको कथा सुनाउँछन् ।

मोटरबाट देखि करिब २० मिनेटको उकालो छिचोलेपछि उनको फर्म पुग्न सकिन्छ । बाटोको अलि असुविधा भएपनि हावापानी अत्यन्तै बस्न लायक रहेको उनको फर्म पुग्दा कुनै स्वर्गको एउटा सुन्दर आँगनको बगैंचामा लुकामारी खेलेको आभाष हुनेछ । पथरीको बसाईसँग त्यति नरुचाउने लावती यतै रमाइलो लाग्न थालेको बताउँछन् । गर्मी धुलो धुवा गाडीको हल्ला भन्दा यतै चराचुरुङ्गीहरुको आवाजहरुमा रमाउँदाको पल नै आफूलाई स्वर्गको आनन्द जस्तो आभाष भएको बताउँछन् ।

सरकारले कृषि तथा पशुपालनमा अलि राम्रो सेवा सुविधा दिए नेपालमै बसेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरणका पात्र हुन्– भोजकुमार लावती । लावतीले संचालनमा ल्याएका लावती कृषि तथा पशु फर्मले सफलता पाईरहोस् शुभकामना ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;