नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् ।
गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका छोरा निर्मल भट्टराईले खाद्यन्य सहयोग गरेका हुन् ।

अलैची व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले २५ केजी चामल, एककेजी दाल, एक केजी नुन, एक लिटर खानेतेल तथा उनीहरुललाई यातायात खर्च समेत प्रदान गरेका थिए ।

नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्व. देवीप्रसादकी श्रीमती माया भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा निर्मल भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने नेत्रहिन संघका झापा उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेत्रहिनका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, स्व. देवीप्रसादका दाजु सत्यनाथ भट्टराईलगायतले भट्टराई परिवारले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भोजराज तामाङले गरेका थिए । (पुर्वाञ्चल दैनिकबाट)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...