नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् ।
गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका छोरा निर्मल भट्टराईले खाद्यन्य सहयोग गरेका हुन् ।

अलैची व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले २५ केजी चामल, एककेजी दाल, एक केजी नुन, एक लिटर खानेतेल तथा उनीहरुललाई यातायात खर्च समेत प्रदान गरेका थिए ।

नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्व. देवीप्रसादकी श्रीमती माया भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा निर्मल भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने नेत्रहिन संघका झापा उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेत्रहिनका सल्लाहकार संयोजक द्रोणचार्य निरौला, स्व. देवीप्रसादका दाजु सत्यनाथ भट्टराईलगायतले भट्टराई परिवारले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भोजराज तामाङले गरेका थिए । (पुर्वाञ्चल दैनिकबाट)

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...