गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ गीतको म्यूजिक भिडियो छायाँङकन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, पान्थर संवाददाता । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाङकन सम्पन्न भएको छ । पाँचथरको विभिन्न रमणिय स्थलहरुमा उक्त गीतको म्यूजिक भिडियो छायाङकन गरिएको हो ।

पाँचथरका बहुप्रतिभाका धनी सागर केरुङले उक्त गीतको निर्देशन गरेका छन् । त्यसैगरी एसपी निङ्लेकुको शब्द, बिक्रम राईको संगीत रहेको उक्त गीत नुमाको आवाजमा सजिएको छ ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्बाङको संयुक्त लगानीमा निर्माण भएको गीतमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, अरुणा मुखिया राइको अभिनय रहेको छ । इशाक जबेगुको छायाङकन तथा सम्पादन रहेको उक्त गीतलाई निङ्वा नेम्बाङले कोरियोग्राफ गरेका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...