गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ गीतको म्यूजिक भिडियो छायाँङकन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, पान्थर संवाददाता । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाङकन सम्पन्न भएको छ । पाँचथरको विभिन्न रमणिय स्थलहरुमा उक्त गीतको म्यूजिक भिडियो छायाङकन गरिएको हो ।

पाँचथरका बहुप्रतिभाका धनी सागर केरुङले उक्त गीतको निर्देशन गरेका छन् । त्यसैगरी एसपी निङ्लेकुको शब्द, बिक्रम राईको संगीत रहेको उक्त गीत नुमाको आवाजमा सजिएको छ ।

प्रेम नेम्बाङ, संगीता सुब्बा नेम्बाङ र निसुम नेम्बाङको संयुक्त लगानीमा निर्माण भएको गीतमा निङ्वा नेम्बाङ, सोफिया लिम्बू, सङ्क्रोजा तावा, अञ्जना मुखिया, निशा तामाङ, सिजर तावा, जोस्ना राई, अरुणा मुखिया राइको अभिनय रहेको छ । इशाक जबेगुको छायाङकन तथा सम्पादन रहेको उक्त गीतलाई निङ्वा नेम्बाङले कोरियोग्राफ गरेका छन् ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...