फोनिज झापा शाखाको छैठौं अधिवेशन मंसिर २५ मा हुने

 लिम्बुवान न्युज
                       

 

दमक, २ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यहि मंसिर २५ गते शनिबार हुने भएको छ ।

फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङ्ले जानकारी दिए ।

अधिवेशन सम्पन्न गर्न बैठकले सचिव अमित खम्बूको संयोजकत्वमा सहसचिव भूमिका सुब्बा र सदस्य एकराज प्रधान सदस्य रहेको तीन सदस्यीय अधिवेशन आयोजक समिति र कोषाध्यक्ष भारती राईको संयोजकत्वमा सदस्यद्वय तिलक योञ्जन र नरेश गुरुङ सदस्य रहेको तीन सदस्यीय आर्थिक उपसमिति गठन गरेको छ ।

त्यसैगरी बैठकले अधिवेशनका लागि नयाँ सदस्यता आव्हान् तथा नविकरण गर्ने समय यही मंसीर १५ गते बुधबार दिँउसो १ बजेसम्मको लागि तोकेको छ । “सदस्यता नविकरण नभएकाहरुले अधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउने छैन ।”–फोनिज झापा शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...