लिम्बु चलचित्र ‘थिम’ले पायाे इन्करेजमेन्ट अवार्ड

 लिम्बुवान न्युज
                       

काठमाडौं – लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बू फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्र थिमको छायाँकन पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा गरिएको छ । चलचित्रलाई निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यसैगरी सह–निर्माताहरूमा नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् । सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।

त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । त्यसैगरी नृत्य निर्देशकमा माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ् रहेका छन् भने नृत्य फिदिमस्थित बरदान संगीतालयको रहेको छ ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

लिम्बु जातिको जातिय परम्परा, रितिरिवाज अनुसार जन्म, विवाह र मृत्यु कर्मलाई संस्कार (थिम) अनुसार गर्नु पर्छ भन्ने चेतनामूलक सन्देश बोकेको थिमले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ । पहिला सूचना दिने कुनै साधनहरु थिएन सो बेला जन्म, मृत्यु संस्कार, विहाह संस्कार जस्ता थिम् (संस्कार)हरुमा एकले अर्कालाइ आमन्त्रण गर्न नसकुने भनेर काइँजलको फल पड्काउने, बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडी पड्के सुभ संकेत र बेजोडी पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थे ।

यि संस्कारहरु गर्ने कर्मकाण्डमा पछि बन्दुक पड्काउने प्रचलन आएको थियो तर नेपालको संसोधित मुलुकी ऐन २०७४, नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जाति मानिआएको परम्परा रोकेको छ । यस्तै कथालाई चित्रण गर्दै वर्तमान जीवनशैलीलाई श्रब्य दृश्यको सहायतामा चलचित्र “थिम्” मार्फत प्रस्तुत गर्न खोजिएको लेखक तथा निर्माता सागर केरुङ्ले बताए ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...