आज धान दिवसः देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

 लिम्बुवान न्युज
                       

फाइल तस्वीर

लिम्बुवानखबर । आज १९औं राष्ट्रिय धान दिवस देश भर विविध कार्यक्रम गरी मनाइँदै छ । यो बर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

यस दिवसको अवसरमा देशभर विविध पारम्पारिक कार्यक्रमका साथ रोपाइँ गर्दै मनाईन्दै छ ।

वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

विविभन्न जाती जनजातिहरुको सांस्कृतिक लोकभाकाहरुमा दोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज एक अर्कामा खुशी बाढ्दै धान रोप्ने चलन रहेको छ ।

यसैगरी नेपालीहरुले असार १५ लाई दहीच्युरा खाने पर्वका रूपमा पनि मनाउने गरेका छन् । यसैले आज दही चिउरा खाने पर्व भनि भनिन्छ । कृषि सहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मान्ने प्रचलन पनि रहेको छ । यो प्रचलन सरकारले धान दिवस मान्नु पहिलादेखि कै नेपालीहरुको खाने गर्दै आएका थिए ।

दहीच्युरा खानाले शरीरमा शीतलता प्रदान गर्दै शक्ति दिन साथै दही खानाले स्वास्थ्य राम्रो हुने वैज्ञानिक दृष्टि समेत रहेको छ ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...