कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

 लिम्बुवान न्युज
                       


दमक, २४ असार । इलाम चुलाचुलीका स्थायीवासी कवि सुन्दर कुरुपलाई यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि कुरूपलाई दिने निर्णय गरेको हो ।

चुलाचुली इलामका रैथाने युवा कवि तथा गजलकार कुरुपलाई नगदसहित सम्मानपत्रले पुरस्कृत हुने भएका छन् । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले पुरस्कारको स्थापना गरेका हुन् ।

कवि कुरूपका दुई कृतिहरू ‘जुनको अनुहार’ र ‘पृथ्वीको आविष्कार’ प्रकाशित छन् । यहीँ महिनाको अन्तिममा सदरमुकाममा एक समारोहबीच सो पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...