कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

 लिम्बुवान न्युज
                       


दमक, २४ असार । इलाम चुलाचुलीका स्थायीवासी कवि सुन्दर कुरुपलाई यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि कुरूपलाई दिने निर्णय गरेको हो ।

चुलाचुली इलामका रैथाने युवा कवि तथा गजलकार कुरुपलाई नगदसहित सम्मानपत्रले पुरस्कृत हुने भएका छन् । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले पुरस्कारको स्थापना गरेका हुन् ।

कवि कुरूपका दुई कृतिहरू ‘जुनको अनुहार’ र ‘पृथ्वीको आविष्कार’ प्रकाशित छन् । यहीँ महिनाको अन्तिममा सदरमुकाममा एक समारोहबीच सो पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;