
काठमाडौ, २ साउन । लिम्बु भाषाको नाटक ’सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा मञ्चन गरिएको हो ।

उक्त नाटक साउने सक्रान्ति सिसेक्पा तङनामको अवसरमा मञ्चन गरिएको हो । नाटकलाई सागर केरुङ्ले लेखेका हुन । किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पा नाटकलाई यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन ।
लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।