लिम्बु कथानक चलचित्र ‘जारी’ले आज मनाउँदै ५१औं दिन

 लिम्बुवान न्युज
                       

जारीले कमाइ करिब १७ कराेड ग्रस कलेक्सन

दमक, २० जेष्ठ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आज (शनिबार) प्रदर्शनको ५१औं दिन पूरा गर्दैछ । नयाँ बर्ष वैशाख १ गते देखि प्रदर्शनभएको जारी २०८० सालमा प्रदर्शनको ५१ औं दिन मनाउने यो पहिलो फिल्म हो ।
लिम्बु जातीमा रहेको जारी प्रथा र विवाह परम्परा कथामा आधारित यो चलचित्रले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको छ ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले पछिल्लो बुधबारसम्म १४ करोड २० लाख २२ हजार नेट (१६ करोड ७५ लाख ८५ हजार ९६० ग्रस) कमाइ गरेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मले नेपालसहित डायस्पोरा बजारमा समेत उछाल कमाइ गरेको छ । कति हलमा अझै बक्स अफिस सिस्टम जडान नभैसकेकाले बोर्डको तथ्यांकभन्दा फिल्मको कमाई १० प्रतिशत बढी हुनसक्ने देखिन्छ । यसरी हेर्दा फिल्मले घरेलू बक्स अफिसमा साढे १७ करोड नजिक कमाई गरेको हुनसक्छ ।

निर्माण कम्पनी बासुरी फिल्म्सले ५१औं दिने खुसीमा एक पोस्टरमार्फत् दर्शकलाई धन्यवाद ज्ञापन समेत व्यक्त गरेको छ ।
लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको पहिलो चलचित्र जारीले विदेशी भूमिमा पनि जबर्जस्त कमाई गरेको छ । । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । डेब्यू फिल्मबाटै सुब्बाले निर्देशनमा सफलता र प्रशंसा दुवै पाएका छन् ।
जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा फिल्मका प्रायः शो हाउसफुल भएका छन् । यसैगरी मिडिलइस्ट लगायत देशहरुमा पनि चलचित्रले राम्रो कमाई गरेको थियो ।
लिम्बु समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा चर्चित नायक दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय रहेको छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;