झापामा पहिचानको लागि युवा दस्ता गठन हुने

,   लिम्बुवान न्युज
                       

सिसेक्पा तङ्नाममा कोशी नाम खारेजीको आन्दोलन नरोकिने उद्घोष

दमक, २ साउन । आदिवासी जनजातिहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम–५०८३ (साउने संक्रान्ती–२०८०) झापाको विर्तामोडस्थित मुक्ति चोकमा मनाउँदै पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको आन्दोलन नरोकिने यद्घोष गरेका छन् । सोमबार साउन १ गते आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले सो कुरा वताएका हुन् ।

यसरी नै आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले सबै जिल्लाहरुमा पहिचानको लागि युवा दस्ता गठन गरिरहेको हुँदा झापामा पनि केहि दिनपछि गठन हुने कार्यक्रममा सहभागी किराचू झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले बताए छन् ।

प्रदेश न.ं १ को नाम गत फागुनमा प्रदेश सभाले कोशी प्रदेश नामकरण गरेदेखि निरन्तर रुपमा चल्दै आएको आन्दोलनको विभिन्न स्वरुपहरुमध्ये विभिन्न पर्वहरुमा पनि कोशी खारेजीको आन्दोलनलाई पहिचानवादीहरुले सशक्त बनाउँदे आएका छन् । यसै क्रममा झापामा पनि सिसेक्पा तङ्नामको अवसरमा आन्दोलनको वारेमा चर्चा गरिएको वक्ताहरुले व्यक्त गरेका हुन् ।

किरात याक्थुङ् चुम्लुङको संयोजनमा केलाःङ, या?लाःङ, येबा लाःङ् , माङ् लाःङ् र किरात राई यायोख्खाको संयोजनमा साकेला नाचको बृहत संयोजन गरी विर्तामोडको शहर, मुख्य केन्द्र मुक्ति लगायत स्थानहरुमा परिक्रमागरी कोण सभामा परिणत गरिएको थियो ।

प्रदेशको नाम कोशी खारेज गर, प्रदेशको नाम कोशी मान्दैनौं, पहिचान विरोधी होसियार, सहिद लाजेहाङ् अमर रहुन् भन्ने नाराका साथ चौक परिक्रमा गरी कोण सभामा परिणत भएको र्यालीमा आ–आफ्नो भेषभूषामा सजिएका सांस्कृतिप्रेमीहरु हजारौंको उपस्थिति रहेको थियो ।

प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति अर्जुनधारा झापाका संयोजक येहाङ् लावुङ् लिम्बूको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरी, किरात राई यायोख्खा झापाका बरिष्ठ उपाध्यक्ष, नेफिन झापा उपाध्यक्ष तथा संघर्ष समिति झापाका जातिय संस्था परिचालन संयन्त्रका संयोजक केवलराम राई, किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष तथा संयुक्त संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ् फियाक लिम्बू लगायतका महानुभावहरुले सिसेक्पा तङ्नामको शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति आवाजलाई दवाएर प्रदेशसभाका सांंसदहरुले प्रदेशको नाम कोशी नामकरण गरेको विरोधको आन्दोलन दिनदिनै चर्काउँदै जाने उद्घोष गर्नुका साथै कोशी नाम खारेजी र पुनः नामकरणको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याइ छाड्न बताएका छन् ।

वक्ताहरुले राज्यले आन्दोलनलाई दमन गरे भूमिगत भएर भएपनि पहिचान र अस्तित्वको लडाईमा सफलता चुम्ने विश्वास रहेको कुरामा जोड दिँदै सम्पूर्ण पहिचावादी जनताहरु आन्दोलनमा होमिन आव्हान गरेका छन् ।

यसरी नै कियाचू जिल्ला कार्य समिति काठमाडौंले पनि सिसेक्पा तङ्नामको अवसरमा भव्य रुपले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका याक्थुङबाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश १ को नाम कोशी खारेजी आन्दोलनलाई साथ सहयोग गर्ने सहभागी सबैले प्रतिबद्धता गरेका छन् । साउने संक्रान्ती सिसेक्पा तङ्नामको अवसरमा देशविदेशमा कार्यक्रमहरु भएका छन् । (तस्वीरहरू विभिन्न संजालबाट संकलित)

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;