दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, झापा ३० जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुक्कुमलुङमा २० हजार रूख विरुवा रोप्ने जनाइएको छ । जेठ ३१ र ३२ गते दुइ दिन मुक्कुमलुङ संयुक्त संघर्ष समिति तथा केलवकार खारेजी संयुक्त संघर्ष समितिले संयुक्त रूपमा थक्लाङ यक्वा सेवा तथा वृक्षारोपण कार्यक्रम गर्न लागेका हुन् ।
केवलकार निर्माण कम्पनीले गत वैशाख ३१ गते छापामार शैलीमा विहानको ३ः०० बजे त्यसक्षेत्रमा राष्ट्रिय फुल लाली गुराँस सहित १०औं हजार विरुवा नस्ट गरेपछि आन्दोलनरत संगठनहरुले हजारौंको संख्यामा उपस्थित भई विरुवा रोप्ने जनाएका छन् ।
विरुवा रोप्न ताप्लेजुङ बाहेक अन्य जिल्लाहरु पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतबाट समेत सहभागी हुने आयोजकले जनाएको छ । लामो समय देखि मुक्कुमलुङ अतिक्रमणको प्रयास भईरहेको त्यसको खबरदारी गरिरहँदा पनि एकात्मक राज्यसत्ताले प्राईभेट कम्पनीलाई राज्यको सम्पत्ति दोहन गरि बन फडानी गर्न दिएकाे हुँदा साे कार्य गलत भएको भन्दै पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।
वातावरण पर्यावरणका साथै त्यस क्षेत्रलाई पवित्रस्थलको रुपमा राख्न र सयौं बर्ष देखि त्यस क्षेत्रमा बसोबास गर्नेहरुको रोजीरोटी खोस्ने केलवकार त्यहाँको जनतालाई आवश्यक नरहेको पहिचान पक्षधरहरुको जिकीर रहेको छ । त्यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका जरिबुटीहरू मासिन्ने र रेड पाण्डा लगायतका हिमाली पशुपंक्षीहरुको बासस्थान सखाप पार्न प्रालिलाई दिने सरकारको नीति नै गलत भएको उनीहरुको टिप्पणी रहेको छ ।
सामाजिक अभियन्ता, राजनीति कर्मी लगायत हजारौंको उपस्थितिमा कटान गरिएको सो क्षेत्रमा बोटविरुवा रोप्ने साथै लिम्बु याक्थुङ मुन्धुम र संस्कृति अनुसार अनुष्ठान यक्वा सेवा समेत लगाई भूमि पुजा गर्दै कार्यक्रम सम्पन्न गरिने किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक प्रेम एक्तेनले बताए ।
उक्त अभियान कार्यक्रममा विभिन्न पहिचानवादी राजनैतिक दलका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरु, आदिवासी जनजाति महासंघ लगायत जातीय संघ संगठनका प्रमुखहरु, अभियन्ताहरु समेतको सहभागिता रहने जनाइएको छ ।
परापूर्व कालदेखि लिम्बु याक्थुङहरुले युमाको रुपमा मान्दै आइरहेका उक्त पवित्रस्थललाई हिन्दुकरण गरिएकोमा समेत त्यहाँका रैथानेहरुले असन्तुष्ट जनाउँदै विरोध गरेका छन् ।
मुक्कुमलुङलाई युमा माङकाे वासस्थानकाे रुपमा मान्दै आइरहेका याक्थुङहरुले मुन्धुम अनुसार त्यस क्षेत्रलाई सेमुक्तु मुक्तुबुङ, सेमुक्तु मुक्तुबोमाङ, सेमुक्ति मुक्तिकोःक्मा लगायत नामबाट समेत पुकार्ने गरेका छन् । तर, ति सबै नामहरुलाई विस्थापित तथा अतिक्रमण गरि हिन्दुकरण गर्दै पाथीभरा नामाकरण प्रति लामोसमयदेखि रैथानेहरुले आवाज उठाउँदै आइरहेका छन् । विभिन्न हिन्दु देवी देवताको नामाकरण साथै कृत्रिम मुर्ति खडा गर्ने, हिन्दु पुजारी राखी पूर्णरुपमा अतिक्रमण गर्ने कार्यको उनीहरुले विरोध गरेका छन् ।
दलाल पुँजीवादीहरुको डकैती शैलीमा रुख विरुवा नस्ट गर्नु भनेको त्यस क्षेत्रमा माङ साम्बाःन गर्नु हो युमा माङ्ले त्यस्ता पापिस्टहरुको नास गर्ने पनि उनिहरुको भनाई रहेको छ । त्यो अनिस्ट कार्य रोक्नलाई समेत थोलाङ यक्वा पुजाकाे आयाेजना गरिएकाे आयोजक संयुक्त संघर्ष समितिले जनाएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...