सामाजिक सञ्जाल विद्येयक प्रति मिडिया राइट्स नेपालको गम्भिर आपत्ती: महासंघद्वारा सरकारकाे विराेध

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ माघ । सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका प्रावधानहरु प्रति मिडिया राइट्स नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको विद्येयकमा रहेका कतिपय प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार विरुद्ध रहेको मिडिया राइट्स नेपालले ठहर गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त संस्थाले विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रण गर्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पु¥याउने र स्वतन्त्र पत्रकारिताको व्यवसायीक दायरालाई समेत साघुँरो बनाउने  उल्लेख गरेको छ ।

मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘विद्येयकका कतिपय दफामा व्यवस्था गरिएको चर्को आर्थिक दण्ड र जेल सजाँयले सञ्चार क्षेत्र र नागरिकहरुमा  अन्यौल र त्रास सृजना गराएको छ । यस्ता दण्डकारी व्यवस्था नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तराष्ट्रिय मुल्य र मान्यताको विरुद्ध रहेको छ ।’  विज्ञप्तीमा सञ्चार जगतको पेशागत अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रता विरोधी विद्येयक विरुद्ध आवाज उठाउन मिडिया राइट्स नेपालद्धारा आब्हान गरिएको छ ।

सरोकारवालाहरुसंग समेत कुनै छलफल नगरी ल्याइएको विद्येयक सच्चाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन मिडिया राइट्स नेपाल सरकारसंग माग समेत गरेको छ ।

पत्रकार महासंघकाे असहमति

सत्ता गठबन्धनकै पक्षबाट निर्वाचित पत्रकार महासंघले भने सरकारको तर्कमा असहमति प्रकट गरेको छ । माघ १६ गते विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका नवनिर्वाचित महासचिव रामप्रसाद दाहालले अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा  असहमति र आपत्ति प्रकट गर्दै विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

महासंघ लगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन नेपाल सरकार र संघीय संसद्सँग आग्रह गर्दै महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेखछ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...