तीन दिने मुक्कुमलुङ पदयात्रा सम्पन्नः सुरक्षाकर्मीसँगको झडपमा दर्जन घाईते

 लिम्बुवान न्युज
                       


ताप्लेजुङ्, ८ फाल्गुन । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोधर मुक्कुमलुङमा आयोजना गरिएको तीनदिने मुक्कुमलुङ पदयात्रा सम्पन्न भएको छ । बिहीबार (आज) काफ्लेपाटीदेखि कान्छीथानसम्मको पदयात्रा गरि सम्पन्न भएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनैपनि हालतमा केवलकार बन्न नहुने बताए । यो आन्दोलन लिम्बुको मात्र होइन सबै पहिचानवादीको हो भन्दै यो सबैजातीको बहुलराज्य हो केवलकारले लिम्बुको पहिचान मेटिन्छ उनले भने ।
यसैगरी कार्यक्रममा डकेन्द्र सिंह थेगिम लिम्बुले गत माघ १२ गते घाइते भएका जिउँदो शहिदहरुको सम्मान गर्दै तीन दिने पद यात्रा र मुक्कुमलुङ युमामाङसँग क्षमा माग्न यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा ढेडहजारको संख्यामा आन्दोलनकारीहरु विभिन्न संघ संस्था र राजनीतकि दलका नेता कार्यकर्ताहरुको सशभागिता रहेको थियो । पदयात्रा समापनपश्चात क्षमा पुजामा पुगेर चिया तथा प्रसाद ग्रहणगरेपछि केवलकार निर्माण भईरहेको स्थानमा आन्दोलनकारीहरु पुगेका थिए ।
केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार समूह’ले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन ्। घाइते हुनेमा सुरक्षाकर्मीको संख्या अझ थप हुने जानकारी प्राप्त भएको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । केबलकार निर्माणको विरोध गर्दै आएको संस्थाहरुले बिहीबार पदयात्रा गर्दै ठूलो फेदीबाट केबलकार निर्माणस्थलतर्फ पुगेका हुन् ।
निर्माणस्थल कब्जामा लिने भन्दै उक्त स्थानमा रहेका सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेका थि ए। त्यसपछि विरोध गर्दै पुगेको समूहले ढुंगा हान्न सुरु गरेपछि झडप भएको हो । उनका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएका छन् ।
मुक्कुमलुङ मुन्धुमी स्थललाई पाथीभरा नामाकरणभएदेखि रुष्ट बनेका पहिचान पक्षधरहरु यस क्षेत्रमा केबलकार बनाउने भनेपछि थप आन्दोलित भएका छन् । उनीहरुले आफ्नो ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गरिरहेका थिए । त्यसमा हाल मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समिति मार्फत आन्दोलन भईरहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...