नगरपालिकाका कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्र अनुसार, दमक नगरपालिका, वडा कार्यालयहरू तथा अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत कतिपय कर्मचारीहरूले कार्यालय समयमा सरकारी पोशाक नै लगाएर कुर्सीमा बसी टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सामाग्रीहरू पोस्ट गर्ने गरेको पाइएको छ।
यस्तो कार्य कर्मचारी आचरण विपरीत भएको ठहर गर्दै नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचनामा भनिएको छ, “अब उप्रान्त कार्यालय समयमा यस्ता कार्य गरेको देखिएमा कानुन बमोजिम कारबाही गरिने ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।”
दमक नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई चुस्त र मर्यादित बनाउनका लागि कर्मचारीहरूलाई कार्यसमयमा सामाजिक सञ्जालमा व्यस्त नहुन र आफ्नो जिम्मेवारीप्रति जिम्मेवार रहन यसै पत्रमार्फत कडा निर्देशन दिएको छ।