लाजेहाङलाई सरकारले राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २४ चैत्र । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम कुमार लिम्बु(लाजेहाङ्)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा...

मिसेकहाङ किरात मोर्चाबाट निस्काशित

दमक, २१ चैत्र । किरात मोर्चाको केन्द्रीय सदस्य बाल कुमार थाम्सुहाङ (मिसेकहाङ किरात)लाई संगठनबाट निस्काशन गरेको छ । संगठनलाई खलल पुराउने क्रियाकलाप गरेको हुँदा मोर्चाले कारवाही गरेको हो । मोर्चाले आइतबार एक विज्ञप्ति जारी गर्दै...

सिएम कन्दङ्वा स्मृति प्रतिभा सम्मानबाट भट्टराई, फागो र राई सम्मानित हुँदै

मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष ३ जना प्रतिभाहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको छ । कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डा. गोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने छ । भट्टराई अनुवाद साहित्य र उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएका प्रतिभा हुन । त्यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीत प्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको छ । फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालन गरेर संगीत प्रशिक्षण दिँदै र गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन । त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान भने पथरीमै रहेर बिगत २ दशकदेखि पत्रकारितामा योगदान गर्दै आएका पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । राई पत्रकारिताका अतिरिक्त पहिचान र अधिकार प्राप्तिको अभियानमा समेत लागि परेका युवा व्यक्तित्व हुन् । किरात राइ यायाेक्खाका उपमहासचिव समेत रहेका राइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का पूर्व अध्यक्ष...

फालेलुङमा छैठाैं चाैंरी पर्यटन महाेत्सव हुँदै

फेदेन / पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने छैठौं चौंरी पर्यटन महोत्सव यसपटक चैत ३० गते देखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ । प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको...

कोशी नाम खारेजीकाे माग गर्दै काठमाडाैंमा प्रदर्शन

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं...