हाइलाइट्स

अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलु संरक्षणको आन्दोलन भने यथावत

दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो...

दमक ब्याडिमन्टन एकेडेमीकाे पहिलाे साधारणसभा सम्पन्न

दमक, २२ पाैष । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभा सम्पन्न भएकाे छ । शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सहित सम्पन्न भएको हाे । दमक नगरका प्रमुख राम कुमार थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा बाेल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए । एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए । ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले पहिलो  भएका थिए ।त्यसैगरी दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहेका...

उर्लाबारीमा पाँचौं धिमाल जातिको चिचिरी, गेन्द्रो दिवस मनाइने

दमक, २१ पौष । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा पाँचौं चिचिरी, गेन्द्रो दिवस मनाइने भएको छ । धिमाल जातिको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धन गर्न मोरङको उर्लाबारीमा चिचिरी, गेन्द्रो दिवस–२०८१ माघ १२...

दिपक र निरन्ताको आवाजमा पालाम ‘फेदापे’ सार्वजनिक

दमक, २१ पाैष । गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाज रहेको पालाम ‘फेदापे’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । खगेन्द्र पन्धाक लिम्बूको छायांकन तथा निर्देशन रहेको पालाम ‘फेदापे’ को म्युजिक भिडियो सेमिहाङ क्रिएशन युट्यूव...

मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेका भए रिहाईः अनिश्चितकालिन बन्दका क्रममा झापाबाट पक्राउ परेकाहरु रिहाई

दमक, २१ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार खारेजी आन्दोलनमा पक्राउ परेकाहरु रिहाई भएका छन् । आइतबार साँझ उनीहरुलाई जिल्ला प्रहकारी कार्यालय ताप्लेजुङले रिहाई गरेको पहिचानवादी नेत्री रिता मादेनले वताईन् । मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समितिसहित...