मुख्य समाचार

मुख्यमन्त्री र सभामुखलाई संघर्ष समितिले बुझायो अल्टिमेटम सहितकाे ज्ञापन-पत्र

दमक, चैत २६ । प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई अल्टिमेटमसहितको ज्ञापन-पत्र बुझाएका छन । ज्ञापन-पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ...

झापामा बहुलवाद राष्ट्र निर्माण सम्बन्धि दुई दिने प्रशिक्षण चल्दै

झापा, २४ चैत्र । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले पहिचानको नामबाट जनमत सिर्जना गरे पनि पूर्वका किरातीहरुलाई धोका दिएको बताएका छन् । पहिचान पक्षद्दर ६ घटकद्वारा झापाको चारआली स्थित चुम्लुङ भवनमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि...

लाजेहाङलाई सरकारले राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय

काठमाडौं, २४ चैत्र । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम कुमार लिम्बु(लाजेहाङ्)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा...

सिएम कन्दङ्वा स्मृति प्रतिभा सम्मानबाट भट्टराई, फागो र राई सम्मानित हुँदै

मोरङको पथरीस्थित सिएम कन्दङ्वा स्मृति कोषले यस वर्ष ३ जना प्रतिभाहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने भएको छ । कोषले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार प्राद्यापक डा. गोबिन्दराज भट्टराईलाई सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने छ । भट्टराई अनुवाद साहित्य र उत्तर आधुनिक चिन्तनका लागि ख्याति कमाएका प्रतिभा हुन । त्यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान यस वर्ष संगीतकार एवम संगीत प्रशिक्षक अनिल फागोलाई प्रदान गर्न लागिएको कोषले जनाएको छ । फागो विगत करिब डेढ दशकदेखि झापाको दमकमा सुरभी कलाकेन्द्र सञ्चालन गरेर संगीत प्रशिक्षण दिँदै र गीत संगीतको क्षेत्रमा काम गर्दै आएका छन । त्यस्तै कोषले यस वर्षदेखि प्रदान गर्न लागेको शुसिला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान भने पथरीमै रहेर बिगत २ दशकदेखि पत्रकारितामा योगदान गर्दै आएका पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । राई पत्रकारिताका अतिरिक्त पहिचान र अधिकार प्राप्तिको अभियानमा समेत लागि परेका युवा व्यक्तित्व हुन् । किरात राइ यायाेक्खाका उपमहासचिव समेत रहेका राइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का पूर्व अध्यक्ष...

फालेलुङमा छैठाैं चाैंरी पर्यटन महाेत्सव हुँदै

फेदेन / पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने छैठौं चौंरी पर्यटन महोत्सव यसपटक चैत ३० गते देखी वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ । प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको...